२०८१, १२ बैशाख बुधबार

आगलागिबाट करिब ११ लाख बराबरको क्षति (फोटोफिचर)

    मंसिर ५ २०७५ १२:५८

fire likhu nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

लिखु, नुवाकोट / नुवाकोटको लिखु गाउँपालिका-४ नचनिडाँडास्थित एक घरमा आगलागी हुँदा करिब ११ लाख ६५ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय ढिकुरेले जानकारी दिएको छ ।

आगलागी हुनेमा स्थानीय राजु शाहको दुईतले ढुंगा माटोले बनेको घर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान करिब २ बजेतिर भएको आगलागिमा परि धान, मकै, कोदो लगायतका अन्न नस्ट भएको छ । घरमा रहेको भाँडाकुँडा नष्ट पनि भएको र २ वटा बाख्रा, ८ ओटा कुखरा समेत जलेर मरेको प्रहरीले जनाएको छ । आगलागीबाट पूर्ण रुपमा घर जलेको छ ।

बिहान ७ बजे मात्र आगलागी नियन्त्रणमा आएको थियो । आगलागीमा कुनै मानविय क्षति नभएको र आगलागीको कारण समेत पत्ता नलागेको प्रहरीले जनाएको छ ।

Fire Nuwakot Likhu

फोटो: रामचन्द्र अगस्ती

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top