+
Search

ताजा अपडेट +

पपुलर +

तारकेश्वरको दाङ्सिङ् माविलाई खेलकुद तथा स्वास्थ्य सामाग्री प्रदान

डबली खबर
७ साल अगाडी

तारकेश्वर, नुवाकोट / वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्साल, गन्तव्य नेपाल ग्रुपका अध्यक्षसमेत रहेका स्थानीय सामाजिक अभियन्ता शिव अधिकारीको पहलमा दाङ्सिङ् माविलाई खेलकुद सामग्री वितरण गरेको छ ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुको प्रयोजनको लागि खेलकुद साम्रगीहरु फुटबल ४ थान, भलिबल २ थान, भलिबल नेट १ थान, ब्याडमिन्टन १ सेट, ब्याडमिन्टन कक १ दर्जन, पम्प १ थान र स्वास्थ्य सेवाको लागि १ थान स्टेचर प्रदान गरेका हुन् । साथै प्लास्टिकमुक्त अभियान स्वरुप अफ्रिकन तीन नागरिकले दाङ्सिङ् मावि, भमरा र ढाँडाखर्कमा रहेको विद्यालयलाई १ हजार थान बाँसबाट बनेको दाँत माझ्ने ब्रस प्रदान गरेका छन् ।

कार्यक्रममा विनासकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणको लागि स्वीस नागरिक रोय फ्रान्सिज्को आर्थिक सहयोगमा करिब ५० लाख रुपैयाँ बराबरको ७ कोठे पक्की भवन निर्माण गरिने लम्सालले बताउनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ