२०८०, १५ चैत्र बिहीबार

नागरिक अझै काठको पुलमा जोखिमपूर्ण यात्रा गर्दै

    मंसिर ३ २०७५ ११:१६

bamboo bridge nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

लिखु, नुवाकोट / लिखु गाउँपालिका-४ चौघडा र सुर्यमतीका स्थानीयहरु अझै काठको अस्थायी पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

सरकारले देशभर झोलुंगे पुल निर्माण गरिने परियोजना अनुसार विगतमा पुर्व अर्थमन्त्रि रामशरण महतले शिलान्यास गरेको स्थानमा अहिलेसम्म पुल निर्माण नहुँदा नागरिकले दैनिक अस्थायी पुलको यात्रा गर्नु परेको हो ।

बर्षैपिच्छे स्थानीयले आफ्नै श्रमदान र आर्थिक जोहो गरेर अस्थायी पुल बनाई कष्टकर यात्रा गर्ने गरेको स्थानीयबासिन्दा रामचन्द्र अगस्तीले बताउनुभयो । दैनिक ४०/५० जना विद्यार्थी बालबालिका क्षेत्रपाल मावि यसै अस्थाई जोखिमपुर्ण पुल भएर अध्ययन गर्न जाने गरेको छ । पुल नहुँदा चौघडा र फेंदीबेंसी आवतजावत गर्न ढिकुरे, आँप्रह हुँदै ५ किमीको घुमाउरो बाटो हिड्नुपरेका छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top