२०८१, १४ बैशाख शुक्रबार

टिमुरे यातायात अब रसुवाको टिमुरेमा पनि

    कार्तिक २९ २०७५ १६:३९

timure bus nuwakot trishuli ktm
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर/ त्रिशुली-काठमाण्डौ रुटमा बस संचालन गर्दै आएको टिमुरे बस तथा मिनिबस यातायात प्रा.लि.ले आजबाट रसुवाको टिमुरेमा पनि बस संचालनमा ल्याएको छ ।

“भरपर्दो, सुरक्षित र आरामदायी यात्रा-हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित गत असोज २६ गतेबाट आफ्नो सेवा सुरु गरेको प्रालिले यस अघि रौतहटको गौर र विरगंजसम्म संचालनमा ल्याईसकेको छ ।

Image may contain: 2 people, people sitting and indoor

सुव्यवस्थित व्यवस्थापन समुह र १२ वटा बसहरु सहित करिव ५ करोड रुपैयाँको लगानीमा १२ वटा बसहरु संचालनमा ल्याएको टिमुरे यातायातका अध्यक्ष प्रकाश जोशीले बताउनुभयो । वृद्धवृद्धाहरुलाई सहुलियत दरमा सेवा प्रदान गरिने अध्यक्ष जोशीले बताउनुभयो । प्रालिले टिकट काट्नको लागि काउन्टर त्रिशुली, बट्टार, देविघाट र काठमाण्डौको माछापोखरीमा राखिएको जनाएको छ ।

प्रालिको विदुर नगरपालिका-१, त्रिशुली बजारमा मुख्य कार्यालय रहेको छ । गर्मिको समयलाई मध्यनजर नजर गर्दै बसभित्र फ्रिजको पनि सुविधा थपिने प्रालिले जनाएको छ ।

Image may contain: 8 people, including Harichandra Amatya, people smiling, people standing, bus and outdoor

Image may contain: one or more people, sky, bus, outdoor and nature

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top