२०८१, १४ बैशाख शुक्रबार

सुन्दरादेवी सन्देशको सातौं वार्षिकोत्सव

    कार्तिक १८ २०७५ २०:२०

sundaradevi sandesh anniversary
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / नुवाकोटबाट प्रकाशित हुँदै आएको साप्ताहिक पत्रिका सुन्दरादेवी सन्देशले आफ्नो सातौँ वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव समारोहका प्रमुख आतिथि शिक्षा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता अजुर्ननरसिंह केसीले पत्रिकालाई शुभकामना तथा बधाई दिँदै पत्रकारिता पेशामा इमान्दार र निष्पक्षताको अभाव भएकाले पेशाप्रति जिम्मेवार बन्न आग्रह गर्नुभएको थियो ।

समारोहमा नेपाली काँग्रेसका जिल्ला सभापति जगदिश्वर नरसिंह केसी, नेता रमेशकुमार महतलगायतले सुन्दरादेवी सन्देश लगायत जिल्लाका अन्य सञ्चारमाध्यमको भूमिका सकारात्मक रहदै आएकाले आगामी दिनमा थप जिम्मेवार र प्रभावकारी बनाएर लोकहितको पक्षमा क्रियाशिल हुनुपर्ने बताउनुभयो ।

समारोहमा गायक डेभिट शंकर, रोमा न्यौपाने, जय देवकोटा, मुस्कान सिंह र राज न्यौपानेले आ-आफ्ना प्रस्तुति पेस गरेका थिए । समारोहमा कलाकार, समाजसेवी, पत्रकार लगायतलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top