+
Search

ताजा अपडेट +

पपुलर +

स्यालको टोकाईबाट २४ जना घाइते

डबली खबर
७ साल अगाडी

लिखु / नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालको टोकाईबाट २४ जना घाइते भएको छ।

जंगलबाट मानवबस्ती पसेको एक स्यालले लिखु-१ को ढिकुरेबजारका १५ जना मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेले जनाएको छ । त्यस्तै, शनिबार साँझ नै लिखु-४ चौघडा बजारमा पुगेको सोही स्यालले ९ जनालाई टोकेर घाइते बनाएको छ । घाइतेको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।

बस्ती पसेको स्यालको आतंकबाट सतर्क रहन र टोकाइबाट रेबिजलगायतका रोग सर्नसक्ने भन्दै सचेत हुन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ