२०७९, ७ जेष्ठ शनिबार

शैक्षिक तथा आर्थिक सहयोग

    कार्तिक २५ २०७५ १६:२०

education donation sudarshan badal nuwakot
nuwakot trishuli graphic web media service 2020

विदुर । केहि समय अगाडी मृत्यु भएका सहपाठी सुदर्शन बडालको परिवारलाई शैक्षिक तथा आर्थिक सहयोग गरेका छन् ।

विदुर नगरपालिका-३ , कुमालटारका बडालको मृत्यु पश्चात् परिवारमा आर्थिकभार भएको हुनाले देविघाटस्थित रणभुवनेश्वरी माध्यमिक विद्यालयका २०५६ एसएलसी व्याचका पूर्वविद्यार्थीहरुले सोहि व्याचका बडालको कक्षा ५ र ८ मा अध्ययनरत छोरा र छोरीको पठनपाठनको लागि रु. ७ हजार बराबरको व्याग, विद्यालय पोषाक, कपि, कलम र किताब र नगद रु. ३० हजारको शैक्षिक सामग्री पत्नी भिमकुमारी बडाललाई प्रदान गरेका छन् ।

आर्थिक सहयोग संकलनका लागि सोहि व्याचका पुष्पराज अधिकारी, चिरन्जीवी अधिकारी, भोजराज पनेरु, दिपक रिमाल लगायतले सहयोग जुटाएका हुन् ।  त्यस्तै, गरिब, असहाय बालबालिका तथा जेहेन्दार विद्यार्थीहरुको लागि शैक्षिक सामग्री तथा आर्थिक सहयोग गर्नको लागि रणभुवनेश्वरी एस.एल.सी. २०५६ विद्यार्थी मञ्चको गठन गरिने चिरन्जीवी अधिकारीले जानकारी दिनुभयो ।

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top