+
Search

ताजा अपडेट +

पपुलर +

नगरस्तरीय स्वास्थ्य र सामाजिक सुरक्षा परियोजना सुरु

DHRF Inception Nuwakot HI
डबली खबर
७ साल अगाडी

विदुर, नुवाकोट / स्वास्थ्य र सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजिकरण परियोजनाको परिचयात्मक कार्यक्रम भएको छ ।

विदुर नगरपालिकाका नगरप्रमुख सन्जु पण्डितले स्वास्थ्य र सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरु समाजबाट पछि परेकाहरुलाई सबल बनाउन नगरपालिका तयार रहेको बताउनुभयो ।

विदुर नगरपालिका कार्यक्षेत्र रहेको परियोजनाले नगरस्तरिय सल्लाहाकार समितिको गठनमा अपाङ्ग मानव अधिकार मञ्च लगाायत अन्य सरोकारवाला निकायको आवद्धता सहित पुर्नगठनको लागि समन्वय गर्नेछ । परियोजनाबाट २१ सय अपाङ्गता भएका महिला तथा बालबालिका लाभान्वित रहने परियोजनाको अवधि सन् २०१८ सेप्टेम्बरदेखि सुरु भएर २०२२ डिसेम्बरसम्म रहनेछ । परियोजनाको कुल विनियोजित बजेट रु.५९ लाख १९ हजार २ सय रहेको छ ।

अपाङ्ग मानव अधिकार मञ्च र ह्युमानिटि एण्ड इन्क्लुजन (हाइ) को संयुक्त मानवीय स्रोत संचालन हुने यस परियोजनाले विदुर नगरपालिकाभित्रका अपाङ्गता भएका बालबालिका तथा गर्भधारण र प्रसुति सम्बन्धि अपाङ्गता भएका महिलाहरुको रोकथाम, शिघ्र पहिचान, उपचार तथा पोषणका लागी स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु तथा फिजियोथेरापीष्टहरुलाई सहयोग तथा तालिम दिने अपाङ्गता भएका महिलाहरुको प्रजनन स्वास्थ्य अधिकारबारे स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण दिने तथा समुदायमा सूचना प्रवाह गर्नको लागी सहयोग गर्ने रहेको छ । ब्लु बक्स (हेरचाह कर्तालाई प्रयोग हुने तालिम निर्देशिका) प्रयोग गरि प्रारम्भिक बाल विकासबारे आमा समुह तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई तालिम प्रदान गर्ने, सरोकारवाला नेपाल सरकार मातहतका निकायहरुसँग केन्द्रिय, पा्रदेशीक तथा स्थानीय तहसँगको समन्वयलाई सुदृढिकरण गर्नुको साथै परियोजना शुभारम्भ, योजना तर्जुमा गोष्ठि समिक्षा र सिकाई कार्याशाला गोष्ठि तथा अध्ययन गरिने रहेको छ ।

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ