+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा पनि फूलपाती भित्र्याइयो

fulpati nuwakot ashokbari durbar
डबली खबर
७ साल अगाडी

अशाेकबारी, नुवाकोट / बडा दशैंकाे सातौँ दिन अाज नुवाकोटको अशाेकबारीमा फुलपाती भित्र्याइएको छ।

पहिले नेपालको राजधानी समेत रहेकोले ऐतिहासिक र धार्मिक महत्त्वले भरिपूर्ण नुवाकोट यस वर्ष पनि राजकीय सम्मानकासाथ विदुर नगरपालिका-२ अशाेकबारीमास्थित साततले दरबार परिसरमा रहकाे तलेजु भवानी मन्दिरमा परम्परागत रुपमा फूलपाती जात्राका साथ हर्षबढाइ गरेर भित्र्याइएको छ । जात्रामा नेपाली सेनाको टुकडीले सलामी अर्पण गर्नुकाे साथै कवाज प्रदर्शनी गरेका छन् ।

फुलपाती जात्रामा विदुर नगरपालिका प्रमुख सन्जु पण्डित, वडाध्यक्ष वीरेन्द्रकुमार शाही, द्वारे महेन्द्र शाही, नुवाकोट भैरवी मन्दिरका धामी हरिमानसिंह डंगोल, नुवाकोट सराेकार समाजका अनुजकुमार श्रेष्ठ, नुवाकोट सम्पदा समाजका पुष्कर शर्मा, नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दवबहादुर थापा, प्रहरी प्रमुख वसन्तबहादुर कुँवर, सेना प्रमुख लगायतका सहभागिता रहेकाे थियाे।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ