२०७७, १५ फाल्गुन शनिबार
first nuwakot likhu chhahare business Expo

नगर सरसफाई अभियान सुरु

    आश्विन २२ २०७५ २०:१२


Trishuli Web Design Services in Nuwakot
sanitation program nuwakot

विदुर / “विदुर नगर हाम्रो शहर, सफा राख्ने सबैको रहर” मुल नाराकासाथ विदुर नगरपालिकाले नगर सरसफाई अभियान शुभारम्भ गरेका छन् ।

पुरानो नगरपालिका भएर पनि विदुर नगरपालिकाले फोहोरमैलालाई व्यवस्थापन गर्न नसकिएको र जिम्मेवारी लिएकाले पनि सन्तोषजनक कार्य गर्न नसकिएको अवस्थामा नगर सफा, सुन्दर कायम राख्न जनता जागरुक गराउनको लागि सरसफाई अभियानको सुरुवात गरिएको नगरप्रमुख सन्जु पण्डितले बताउनुभयो ।

सरसफाई शुभारम्भ दिन नुवाकोटको प्रमुख बजार बट्टारदेखि विदुरसम्मको सडकको दायाँबाँया सरसफाई गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगर उपप्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, कर्मचारीहरु, जनप्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, नगर प्रहरी, विभिन्न बैंक तथा संस्थाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori

प्रतिक्रिया




Top