२०७७, १७ फाल्गुन सोमबार
first nuwakot likhu chhahare business Expo

दुई कृति सार्वजनिक, मुक्तक ‘कर्कलाको पानी’ र गजल ‘माटो बोल्छ’

    आश्विन २० २०७५ २२:३६


Trishuli Web Design Services in Nuwakot

रातमाटे, नुवाकोट / नुवाकोट साहित्यमा योगदान दिदैं आउनहुने रामकृष्ण गजुरेलको मुक्तक सङ्ग्रह ‘कर्कलाको पानी’ र भगवती खनालको गजल सङ्ग्रह ‘माटो बोल्छ’ आज विमोचन सार्वजनिक भएको छ ।

बेलकोटगढी नगरपालिका-७ रातमाटे महादेवफाँटमा एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसका सह-महामन्त्री डा. प्रकाशशरण महत र सांसद बहादुरसिंह लामा तामाङले संयुक्त रुपमा दुई कृति सार्वजनिक गर्नुभएको छ । कृतिहरु सार्वजनिक गर्दै डा. महतले कुनै पनि विषयमा नियन्त्रण, बाधा, निषेध साहित्यमा नहुने र यदि भएमा साहित्यले पूर्ण आकार लिन नसक्ने बताउनुभयो ।

सांसद बहादुरसिंह तामाङले साहित्य सिर्जना गर्ने शक्ति प्रत्येक व्यक्तिमा नहुने भएकोले लेख्नेहरुलाई प्रोत्साहनको आवश्यकता रहेको बताउनुभएको छ । प्रोत्साहनले गर्दा लेखन कला निखारिने र देशको गतिलाई सत्मार्गमा दौडाउन हौसला मिल्ने तामाङले बताउनुभएको छ ।

विदुर नगरपालिका-५ निवासी रामकृष्ण गजुरेलले लेख्नुभएको ‘कर्कलाको पानी’ मुक्तक सङ्ग्रहमा २ सय ६० वटा मुक्तकहरु सङ्ग्रहित छन् । यस अघि ‘हो रहेछ’ कविता सङ्ग्रह, ‘नेपाल आमाले दिएको कलम’ खण्डकाव्य, ‘यथार्थको खोज’ कविता सङ्ग्रह, ‘भूकम्पको पीडा’ खण्डकाव्य र ‘स्वादमग्न झुपडी’ सिजो सङ्ग्रह बजारमा ल्याइसक्नुभएको छ ।

यस्तै विदुर नगरपालिका-८ कि भगवती खनालले लेख्नुभएको ‘माटो बोल्छ’ गजल सङ्ग्रहमा १ सय १ वटा गजलहरु सङ्ग्रहित छन् । उहाँले २०६४ सालमा ‘छुट्याइएका गुच्छा’ गीतिसङ्ग्रह बजारमा ल्याउनुभएको थियो ।

गजुरेल र खनाललाई प्रदेश सांसद कल्पना नेपाली, साहित्यकार शम्भूप्रसाद शर्मा, नुवाकोट साहित्य प्रतिष्ठानका सल्लाहकार श्रीराम श्रेष्ठ, उपाध्यक्ष मुकुन्दराज अर्याल लगायतले बधाई दिदै निरन्तर साहित्य साधनामा लाग्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori

प्रतिक्रिया




Top