२०८१, १४ बैशाख शुक्रबार

कक्षा ११ को नतिजा सार्वजनिक, ग्रेड ए प्लसमा १ हजार १ सय ४५

    आश्विन २० २०७५ २०:३१

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

भक्तपुर / राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१, अक्षरांकन पद्धतिमा आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार ५ सय ५ विद्यार्थीले गरी कूल ५ लाख ४८ हजार ४ सय ४५ जना परीक्षार्थी रहेका थिए ।

परीक्षामा ग्रेड ए प्लस (जिपिए ३.६५ देखि ४ सम्म) ल्याउने १ हजार १ सय ४५ विद्यार्थी छन् । ग्रेड ए (जिपिए तीन देखि ३.६०) ल्याउने ८ हजार ९ सय ४९, ग्रेड बि प्लस (जिपिए २.८१ देखि जिपिए ३.२०) ल्याउने २४ हजार १ सय १५ विद्यार्थी, ग्रेड बि (जिपिए २.४१ देखि २.८०) ल्याउने ४८ हजार ७ सय ३१ रहेका छन् । ग्रेड सि (जिपिए २.१ देखि २.४०) ल्याउने ८६ हजार ७ सय ७०, ग्रेड सि (जिपिए १.६१ देखि २) ल्याउने ९२ हजार,  ग्रेड डि प्लस (जिपिए १.२१ देखि १.६०) ल्याउने ४१ हजार ४ सय ६, ग्रेड डि (जिपिए ०.८१ देखि १.२०) ल्याउने ८ हजार १ सय २७ र ग्रेड ई अर्थात् (० देखि ०.८०) ल्याउने २० हजार ६ सय ८५ विद्यार्थी रहेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अक्षरांकन पद्धतिको आंशिकतर्फका परीक्षार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीर्ण भएका छन् । बोर्डले नियमिततर्फ १०० विद्यार्थी, अक्षराङ्कन पद्धतितर्फ २७ आंशिकतर्फको परीक्षा रद्द गरेको र अङ्क प्रणालीतर्फ चार जना गरी कूल १३१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ । गत जेठ ९ गते सम्पन्न भएको परीक्षाको विगतका वर्षभन्दा तीन महीना अगाडि नै नतिजा सार्वजनिक गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top