+
Search

ताजा अपडेट +

पपुलर +

विश्व पर्यटन दिवसमा सूर्यचौरमा हाईकिङ हुँदै

taan hiking suraychaur nuwakot tourism year 2018
डबली खबर
७ साल अगाडी

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले विश्व पर्यटन दिवस २०१८ को अवसरमा हाईकिङ गर्ने भएको छ ।

टानले यस वर्ष सबै पर्यटनसँँग आवद्ध संघ संस्थाहरुको सहकार्यमा ‘टुरिजम एण्ड दि डिजीटल ट्रान्सफर्मेशन’ भन्ने मूल नाराका साथ विश्व पर्यटन दिवस गर्न लागेको टानका मिडिया तथा कम्यूनिकेशन विभागका संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीका साथ ककनी मेमोरियल पार्कबाट शिवपुरी नेशनल पार्क हुँदै सूर्यचौरसम्मको हाईकिङ गर्ने निर्णय भएको हो । उक्त हाईकिङ कार्यक्रममा पर्यटनसँग सम्वद्ध करिब ३ सय जनाको सहभागि हुने समेत श्रेष्ठले जानकारी दिनुभएको छ ।

सूर्यचौरबाट अन्नपूर्ण, लाङटाङ, गौरीशंकर, गणेश, राउचुली हिमाल लगायतका दृष्य अवलोकन गर्न सकिन्छ ।  सूर्यचौरबाट १ सय ७० किसिमका चरा चुरुंगीहरुको पनि दृश्यावलोकण गर्न सकिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ