२०८१, १४ बैशाख शुक्रबार

विदुर नगर प्याब्सनको अध्यक्षमा ताराबहादुर कार्की

    आश्विन ६ २०७५ २१:५६

nuwakot pabson bidur
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / निजि तथा अावासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले जिल्लाका स्थानीयतहहरुमा संगठन विस्तारलाई अघि बढाएको छ । सोहि अनुसार विदुर नगरपालिकामा संगठन विस्तार गरेको छ ।

आज भएको प्रथम विदुर नगर अधिवेशनबाट ताराबहादुर कार्कीलाई अध्यक्षमा चयन गरेको छ । नव-गठित कार्यसमितिको उपाध्यक्षमा गगनकल्याण प्रधान, सचिवमा सरोज बोगटी, कोषाध्यक्षमा श्रीराम नेपाल,  सदस्यहरुमा सचि चित्रकार, रामहरी बस्नेत, बसन्त श्रेष्ठ, दिलकुमारी तामांग र रामराजा कुमाल चयन भएका छन् ।

कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य ठाकुरप्रसाद पुडासैनीको प्रमुख आतिथ्यमा भएको थियो । नुवाकोट जिल्लाका अधिकांश निजी विद्यालयहरुको संरचनाको स्तरोन्नतिसंगै समयानुकुलको गुणस्तरीय शिक्षा, प्रविधि तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने पुडासैनीले बताउनुभयो ।

कार्यक्रममा प्याब्सन नुवाकोटका अध्यक्ष वुद्धिसागर रिजाल , प्याब्सन प्रदेश नं. ३ का अध्यक्ष रामहरी रिमाल, प्याब्सन नुवाकोट एवं निवर्तमान सभासद् राज्यलक्ष्मी श्रेष्ठ (पाण्डे), प्याब्सन नुवाकोटका पूर्वसल्लाहकार सुरेन्द्रराज अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्याब्सन नुवाकोट अन्तर्गत विदुर नगरपालिकामा २७ निजी विद्यालय रहेको  छ ।

 

 

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top