sujim bazar advert

नुवाकोटमा १ हजार २ सय ९६ मतदाता थपियो

    अशोज ४, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

janardan adhikari
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि नुवाकोट जिल्लामा अहिलेसम्म १ हजार २ सय ९६ जनाले मतदाता परिचयपत्रका लागि दर्ता गराएका छन् ।

दैनिक रुपमा २० देखि ३० जनाले नयाँ मतदाता परिचयपत्र बनाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जनार्दन अधिकारीले बताउनुभयो । नयाँ नागरिकता बनाए लगतै जिल्ला प्रशासन कार्यालयमै नयाँ मतदाता नामावलीमा दर्ता गरिने सेवा हुँदा महिला ४ सय ७७ र पुरुष ५ सय ९७ ले दर्ता गरेका छन् । त्यस्तै, कार्यालयमै दर्ता भएकोमा महिला ८५ र पुरुष १ सय ३७ दर्ता भएको अधिकारीले जानकारी दिनुभयो ।

नयाँ मतदाता परिचयपत्रको लागि निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गरिने व्यवस्था भएकोले परिचयपत्र नबनाएकाले नाम दर्ता गर्न सकिने कार्यालयले जनाएको छ ।

आयोगले श्रावण १ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्ने कार्य सुरु गरेको थियो । त्यस्तै, कार्यालयबाट बैशाख १ गतेदेखि सुरु गरेको हो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top