२०८१, १३ बैशाख बिहीबार

स्वास्थ्यचौकीलाई ४ रोपनी जग्गा दान

    आश्विन ४ २०७५ १०:५७

Map of Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

तारकेश्वर/ गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयबासीले चार रोपनी जग्गादान गरेका छन् । स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि दलबहादुर लामा र ललितमान लामाले २/२ रोपनी जग्गादान गर्नुभएको छ ।

जग्गा दाताद्वयले मंगलबार नै मालपोत कार्यालयमा पुगेर स्वास्थ्यचौकीको नाममा चार रोपनी जग्गा दर्ता गरिदिएको स्वास्थ्यचौकीले जानकारी दिएको छ । उक्त जग्गाको स्थानीय मूल्यांकन अनुसार रु. २० लाख पर्ने बताइएको छ ।

स्वास्थ्यचौकीको नयाँ भवन निर्माणको लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट रु २ करोड बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top