sujim bazar advert

नुवाकोट निर्माण व्यवसायी संघको आठौँ अधिवेशनका लागि उम्मेदवार को को छन? (भिडियो)

    भदौ २९, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Candidate name list of Nuwakot Contractor Association
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट / नुवाकोट निर्माण व्यवसायी संघको आठौँ अधिवेशनको निर्वाचनको लागि सुमन अधिकारी र कृष्णप्रसाद थपलियाको प्यानल भिडदैछन् ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति नुवाकोटले पार्टी कार्यालयले विदुरमा पत्रकार सम्मेलन गरेर आधिकारिक प्यानल घोषणा गरेको छ । अध्यक्षमा कृष्णप्रसाद थपलिया, वरिष्ठ उपाध्यक्षमा होमबहादुर तामाङ, प्रथम उपाध्यक्षमा धनसिंह तामाङ, द्वितीय उपाध्यक्षमा दिपक लामा, महासचिवमा सुशील फुयाल, उप-महासचिवमा बाबुराम पाण्डे, सचिवमा कृष्णप्रसाद अधिकारी, सह-सचिवमा अरुण थापा, कोषाध्यक्षमा शंकर प्याकुरेल र सह-कोषाध्यक्षमा विकेश पण्डित सहितको प्यानल घोषणा गरेको छ । त्यस्तै, अन्य सदस्यपदका लागि भोलि नै टुङ्गो लगाइने नेपाली काँग्रेस नुवाकोटका सचिव सुरेन्द्र अधिकारीले बताउनुभयो ।

अध्यक्ष पदका दाबेदार थपलियाका एजेण्डामा साना निर्माण व्यवसायीलाई मिलाएर लैजाने, निर्माण कार्य सक्रिय रुपमा वितरण गर्ने, निर्माण व्यवसायीको हकहितको लागि इन्सुरेन्सको व्यवस्था गर्ने, निर्माण व्यवसायीका लागि अक्षयकोषको व्यवस्था गर्ने, निर्माण व्यवसायी सहकारी संस्था दर्ता गरेर मध्यमस्थरका निर्माण व्यवसायीलाई सहज बनाउन सहकारी पनि संचालन र निर्वाचित भएको १८ महिनाभित्रमा संघको अधुरो रहेको तला थपिने रहेको छ ।

यसअघि नेपाली काँग्रेस निकट मानिएका वर्तमान अध्यक्ष सुमन अधिकारीले आफ्ना निकट नेकपा र राप्रपा व्यवसायीहरुसंग समन्यव गरी  प्यानलको घोषणा गरिसकेका छन् । अधिकारीको प्यानलमा वरिष्ठ उपाध्यक्षमा शैलेन्द्रराज प्याकुरेल, प्रथम उपाध्यक्षमा गणेशबहादुर तामाङ, द्वितिय उपाध्यक्षमा पशुपति थापा, महासचिवमा रमेश बस्नेत, सचिवमा रामसिंह तामाङ, सह-सचिवमा अशोक अधिकारी, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा शिवलाल श्रेष्ठ रहेका छन् ।

अध्यक्ष पदका दाबेदार अधिकारीका एजेण्डामा निर्माण सम्बन्धि कार्यमा छिटोछरितो र गुणस्तरीय कार्य गर्ने, संघबाट हुने कार्यलाई संबन्धित निकायसंग समन्वय गरी निर्माण कार्यमा सहजता प्रदान गर्ने, जिल्लागत रुपमा ज्याला दररेट कायम गर्ने र निर्माण व्यवसायीको हकहितको लागि लड्ने रहेको छ ।

अधिवेशनबाट अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, महासचिव, उप-महासचिव, सचिव, सह-सचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्ष र एक महिलासहित ९ जना सदस्य लगायतको कार्यसमिति चयन हुनेछ । यसअघि भरत खड्का, ध्रुव श्रेष्ठ, फैसिङ तामाङले अध्यक्षको रुपमा र कृष्णचन्द्र कँडेलले कार्यबाहक अध्यक्षको रुपमा संघको नेतृत्व गरिसकेका छन् भने हाल सातौं अधिवेशनबाट निर्वाचित अध्यक्ष सुमन अधिकारीको नेतृत्व रहेको छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top