२०७७, १३ फाल्गुन बिहीबार
first nuwakot likhu chhahare business Expo

नेपालकै सर्वोत्कृष्ट धनराशी पुरस्कार भएको “दोश्रो राष्ट्रिय कविता महोत्सव” हुने

    भाद्र २९ २०७५ ०७:०७


Trishuli Web Design Services in Nuwakot
Press Conference Poem Festive Nuwakot

विदुर / नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा आगामी मंसिर १५ गते सर्वोत्कृष्ट धनराशी पुरस्कार भएको “दोश्रो राष्ट्रिय कविता महोत्सव २०७५” हुने भएको छ ।

प्रतिष्ठानले बिहिबार पत्रकार सम्मेलन गर्दै दोश्रोपटक पनि राष्ट्रियस्तरमा कविता महोत्सव संचालन गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले बताउनुभयो ।

प्रतियोगिताका लागि प्राप्त कविता संकलन गरी उत्कृस्ट २० कवितालाई मात्र प्रतियोगीतामा सहभागी गराइने प्रतिष्ठानका उपाध्यक्ष मुकुन्दराज अर्यालले बताउनुभयो । प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः रु.५० हजार, रु.३० हजार र रु. २० हजार दुईजना नगतसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने अर्यालले बताउनुभयो ।

देशभरका साहित्यकारहरु र दार्जलिङ, सिक्किम लगायतका साहित्यकारहरुको समेत सहभागीता रहने प्रतिष्ठानले जनाएको छ। महोत्सवको लागि आर्थिक उपसमितिका लागि संयोजक रामकृष्ण गजुरेल, प्रचारप्रसार उपसमितिका लागि संयोजक मुकुन्दराज अर्याल र प्रतियोगी समन्वय उपसमितिका लागि संयोजक, सुमित्रा सुमिलाई चयन गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतियोगितामा सहभागिता हुनको लागि कविता आगामी कार्तिक १५ गतेभित्र कार्यालयमा पठाईसक्नुपर्नेछ । कुनैपनि प्रतियोगितामा भाग लिएको र कुनै पनि प्रकाशनमा प्रकाशित नभएको कवितालाई मात्र मान्यता दिईने छ । छनोटमा परेका साहित्यकारहरुको यातायात, खाना र बस्नको व्यवस्था रहने प्रतिष्ठानले जनाएको छ ।

नुवाकोट जिल्लामा स्थापित भै राष्ट्रव्यापी साहित्यमा प्रतिष्ठानले विशेष योगदान गर्दै आइरहेको छ । यसभन्दा प्रज्ञा प्रतिष्ठानले प्रथम राष्ट्रिय कविता महोत्सवमा प्रथम हुनेलाई रु.२० हजार नगद प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori

प्रतिक्रिया




Top