२०८१, ६ बैशाख बिहीबार

नुवाकोटमा ७ घर पहिरोले बगायो, १६ घर उच्च जोखिममा, सेनाद्वारा दुई जनाको उद्दार

    भाद्र २७ २०७५ २१:३९

chetang dupcheshwor flood nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

चेताङ, दुप्चेश्वर / नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ को चेताङमा सुख्खा पहिरोमा फसेका दुई जनालाई सेनाद्वारा उद्दार गरेको छ ।

उद्दार गरिएकोमा दुप्चेश्वर गापा-१ का दोर्जे शेर्पा र श्रीमती पाङ्जेन शेर्पा भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । दुवै जना पहिरोभन्दा पारीको खोलाको बिचमा रहेकोले नेपाली सेनाको एनए-०५७ नम्बरको नाईटभिजन हेलिकप्टरबाट सबा ७ बजे उद्दार गरी सदरमुकाम विदुरस्थित सन्यै तालिम केन्द्र मैथली ब्यारेकमा ल्याई थप उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लगिएको छ । दुवैको स्थिती सामान्य रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

पहिरो गएको चेताङ नुवाकोट, रसुवा र सिन्धुपाल्चोकको सिमाना नजिक रहेको छ। पहिरो आज मध्यान्ह १२:३० बजेतिर गएको थियो । अविरल वर्षाको कारण ७ घर पहिरोले बगाएको छ । पहिरोको कारण करिब १६ घर उच्च जोखिममा रहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

पहिरोको कारण माङ्जेन खोला थुनिएको गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङले जानकारी दिनुभएको छ । पहिरोले थुनिएको स्थान वरपरको क्षेत्रमा रहेका स्थानीयहरुलाई सावधानी अपनाउन आग्रह गरिएको तामाङले बताउनुभयो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top