२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटसहित दश जिल्लामा ६१ प्रहरी चौकी बनाइने

    भाद्र २७ २०७५ १०:५४

nepal police logo
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ / विभिन्न दश जिल्लामा प्रदेश नं ३ ले रु एक अर्ब १३ करोड लागतमा ६१ वटा आधुनिक प्रहरी चौकी भवन निर्माण गर्ने भएको छ ।

काठमाडौँ उपत्यका बाहेकका दश जिल्लामा प्रहरी चौकी निर्माण गर्न लागिएको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । संघिय प्रहरी ऐन बन्न नसक्दा चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने अवस्था आएपछि प्रदेश सरकारले सो रकम प्रहरी चौकी निर्माणमा खर्च गर्ने भएको हो ।

मन्त्रालयका अनुसार चितवनमा चार, मकवानपुरमा नौ, सिन्धुलीमा नौ, काभेपलाञ्चोकमा आठ, सिन्धुपाल्चोकमा दुई, धादिङमा चार, नुवाकोटमा चार, रसुवामा चार, दोलखामा नौ, रामेछापमा आठ गरी जम्मा ६१ वटा प्रहरी चौकी निर्माण गरिनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top