२०८१, १३ बैशाख बिहीबार

इन्द्रजात्राको साइत भोलि बिहान ११ बजेर ४९ मिनेटमा

    भाद्र २५ २०७५ ११:००

Kumari Living God
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ / यस वर्षको इन्द्रजात्राको साइत भदौ २६ गते मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भोलि राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत रहेको छ । काटिएको लिङ्गोलाई भोटाहिटी प्रवेश गराउने साइत असोज १ गते सोमबार बिहान १० बजेर १७ मिनेटमा रहेको छ । भोटाहिटी प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थानका रुपमा ठड्याउने साइत रहेको समितेले दिइएको छ ।

इन्द्रजात्राको मुख्य दिन असोज ८ गते सोमबार र ९ गते मंगलबार कुमारी यात्रा गरिनेछ । असोज १२ गते शुक्रबार नानीचा यात्रा गराई त्यसै दिन राति १० बजेर २७ मिनेटमा इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढाल्ने साइत दिइएको समितिले जनाएको छ । त्यस्तै, असोज १२ गते शुक्रबारको दिन इन्द्रजात्रा समाप्त हुनेछ ।

ईन्द्रजात्राको विस्तृत विकीमा पढनुहोस्

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top