sujim bazar advert

इन्द्रजात्राको साइत भोलि बिहान ११ बजेर ४९ मिनेटमा

    भदौ २५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Kumari Living God
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौँ / यस वर्षको इन्द्रजात्राको साइत भदौ २६ गते मंगलबार बिहान ११ बजेर ४९ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भोलि राति ९ बजेर २१ मिनेटमा लिङ्गोको रुख काट्ने साइत रहेको छ । काटिएको लिङ्गोलाई भोटाहिटी प्रवेश गराउने साइत असोज १ गते सोमबार बिहान १० बजेर १७ मिनेटमा रहेको छ । भोटाहिटी प्रवेश गराइएको लिङ्गोलाई असोज ५ गते शुक्रबार बिहान ८ बजेर ५ मिनेटमा इन्द्रध्वजोत्थानका रुपमा ठड्याउने साइत रहेको समितेले दिइएको छ ।

इन्द्रजात्राको मुख्य दिन असोज ८ गते सोमबार र ९ गते मंगलबार कुमारी यात्रा गरिनेछ । असोज १२ गते शुक्रबार नानीचा यात्रा गराई त्यसै दिन राति १० बजेर २७ मिनेटमा इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढाल्ने साइत दिइएको समितिले जनाएको छ । त्यस्तै, असोज १२ गते शुक्रबारको दिन इन्द्रजात्रा समाप्त हुनेछ ।

ईन्द्रजात्राको विस्तृत विकीमा पढनुहोस्

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top