२०८१, ७ बैशाख शुक्रबार

हेलिकोप्टर दुर्घटना: मृतकको शव काठमाडौ लगियो

    भाद्र २४ २०७५ १२:००

Death Body Altitude Air Helicopter Accident
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट / नुवाकोटको म्यागङ शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आजै काठमाडौं लागिएको छ ।

शवलाईआज विहान जिल्ला अस्पताल नुवाकोट ल्याइएको थियो ।  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि आफन्तलाई बुझाइने छ।

दुर्गमस्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिनुभयो । आजै शवलाई काठमाडौँ पठाउने तयारी गरेको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित ७ जना सवार रहेका थिए । अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु ९ राहदानी नम्बर टिके ७१३६१२०६८०, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका-२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए ।

हेलिकप्टरमा सवार ७ जना मध्ये ६ काे मृत्यु भएको छ। एक जना महिलाकाे जिवितै उद्धार गरिएकोथियाे। उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top