२०८१, १४ बैशाख शुक्रबार

अपडेट: अल्टिच्युडको हेलिकप्टर दुर्घटना

    भाद्र २३ २०७५ १३:०८

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । गोर्खाबाट काठमाडौं फर्किदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

उक्त हेलिकप्टर गोरखाबाट करिब बिहान ७ बजेर ४५ मिनेटमा उडेको थियो । नाइनएन–अल्फा लिमासेरा कलसाइन नामको उक्त हेलिकप्टर नुवाकोट र धादिङ्गको सिमास्थल म्यागङको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल महाप्रवन्धक राजकुमार क्षेत्रीले बताएका छन ।

क्षेत्रीका अनुसार दुर्घटना भएको ठाउँ सम्म पुग्न समय लाग्ने भएकाले अहिलेनै के कति क्षति भए भन्ने भन्न नसकिने बताए । दुर्घटनामा परेको एकजना सँग भने कुरा भएको र अन्यको जानकारी नभएको समेत क्षेत्रीले बताएका छन ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो ।

उक्त हेलिकप्टर एयरबस कम्पनीको बिथ्रीई भर्सनको हो। अल्टिच्युडले २ वर्षअघि यसलाई कार्गोमार्फत ल्याएर यतै एसम्बल गराएको थियो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top