२०८१, ६ बैशाख बिहीबार

नुवाकोटका आलु र तरकारीका लागि ५ करोड

    भाद्र २१ २०७५ १७:१३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ आलु र तरकारी क्षेत्र कार्यक्रमको लागि रु पाँच करोड बजेट रहेको छ । कार्यक्रम अन्तर्गत तरकारी क्षेत्रको लागि रु दुई करोड ५१ लाख ८६ हजार र आलुका लागि दुई करोड ५१ लाख बजेट छुट्याइएको छ ।

तरकारी खेतीको विकास र विस्तारसहित बजारीकरणको समेत काम गर्न सो कार्यक्रम सञ्चालन भएको परियोजना प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा. कमलराज गैरेले बताउनुभयो । नुवाकोटमा तीन हजार २३८ हेक्टर जमीनमा तरकारीखेती हुँन्छ । अहिले २५० हेक्टरबाट कार्यक्रम शुरु गरिए पनि यसको क्षेत्र विस्तार हुँदै जाने डा. गैरेले बताउनुभयो ।

नुवाकोटका चार गाउँपालिका अन्तर्गत ककनी गाउँपालिका वडा नं १ देखि ७, शिवपुरी गाउँपालिकाको वडा नं ६, ७ र ८, पञ्चकन्या गाउँपालिकाको वडा नं ३, ४ र ५ तथा दुप्चेश्वर गाउँपालिकाको वडा नं ३ र ५ लाई तरकारी क्षेत्रले समेटेको छ । त्यस्तै, २५० हेक्टर क्षेत्रफल तरकारी क्षेत्रले समेटेको छ ।

Image may contain: plant, grass, outdoor and nature

गत वर्ष ४ सय ४७ माटो परीक्षण, बीउ आलु वितरण, १० साना सिँचाइ योजना निर्माण, प्रविधि सहयोग जस्ता कार्यक्रम सञ्चानल भएको थियो । यस वर्ष आलु चिप्स मेशिन स्थापना, ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण, कृषि चुन वितरण कार्यक्रम रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top