२०८१, ११ बैशाख मंगलवार

निजामती कर्मचारी दिवसको अवसरमा वृक्षारोपण (भिडियो)

    भाद्र २१ २०७५ १५:१४

nijamati diwas nuwakot plantation
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / निजामती कर्मचारी दिवसको अवसरमा कृषि सामग्री केन्द्रमा आज वृक्षारोपण गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले सरकारका सेवालाई छिटोछरितो रुपमा अगाडी बढाउने जिम्मेवारी सेवा प्रदायक निकायमा कार्यरत सम्पूर्ण निजामती कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कर्मचारीले सेवाग्राहीलाई सेवा सुविधा दिने कार्य भएकोले सरकारले दिएको नीतिनियम, एेन कानुनलाई सरकारी कार्यलाई सहजिकरण गर्ने दायित्व निजामती कर्मचारी भएको हुनाले निष्पक्ष रुपमा कार्य गरिनुपर्ने धारणा प्रमुख थापाले व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष अप्सरा थापा, नेपाली काँग्रेसका नेता रमेशकुमार महत लगायतका सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी र नेपाली सेनाको उपस्थिति रहेको थियो ।

कार्यक्रम जिल्ला स्तरीय मूल समिति समारोहको आयोजना र नेपाल निजामती कर्मचारी युनियन संघको संयोजनमा भएको थियो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top