+
Search

ताजा अपडेट +

पपुलर +

आशा लघुवित्तद्वारा शैक्षिक सामग्री वितरण

डबली खबर
७ साल अगाडी

ककनी / आशा लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिकोत्सवको अवसर पारेर शैक्षिक सामग्री वितरण गरेको छ ।

कार्यक्रममा स्थानीय सामुदायिक विद्यालयका करीब १ सय ५० विद्यार्थीलाई शैक्षिक सामग्रीको साथै उत्कृष्ट अंक ल्याउने दुई जना छात्र/छात्रालाई छात्रवृत्ति उपलब्ध गराएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले जानकारी दिनुभयो ।

त्यस्तै, नुवाकोटको ककनी गाउँपालिका वडा नं ६ मा रहेको संस्थाले वार्षिकोत्सवको अवसरमा प्रभातफेरी, विद्यालय, बजार सरसफाई लगायतका कार्यक्रम गरेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ