काठमाडौं / रामलक्ष्मण इनोभेसन्सको एण्ड्रोएड मोबाईल येप लेट्ज गो संचालनमा आएको छ ।
काठमाडौं उपत्यकाको सार्वजनिक सवारीसाधनका बारेमा जानकारी प्रदान गर्न एनसेलसँग सहकार्य गरी एप तयार भएको हो ।
उक्त एपमार्फत प्रयोगकर्ताले अब सहजै विभिन्न रुटमा चल्ने बसहरूको चलायमान स्थिति र आफूले चढ्न चाहेको बस कति समयको अन्तरालमा आफूलाई पायक पर्ने बिसौनीमा आइपुग्छ भन्ने जानकारी प्राप्त गर्न सक्छन् ।
यस एपले काठमाडौं उपत्यकाका १ सय ८ वटा रुटमा सञ्चालनमा रहेका ६ सयभन्दा बढी सार्वजनिक सवारीसाधनका बारेमा जानकारी प्रदान गर्नेछ । यस एप जीपीएस ट्रयाकिङ प्रणालीका आधारमा आधारित छ । एप प्रयोगकर्ताको लोकेसन अर्थात् स्थानमै आइपुग्दा नोटिफिकेसन अलर्ट प्राप्त गर्ने सुविधा रहेको छ ।
प्रतिक्रिया