२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

नुवाकोटका अनन्तराम केसीले राखे गिनीज बुक वर्ल्ड रेकर्ड, लगातार ९० घन्टा २ मिनेटसम्म वक्तव्य 

    भाद्र १६ २०७५ ०७:४६

Speech Guniess Ananta Ram KC_Nuwakot
pratik book and stationery center in nuwakot

काठमाडौँ / नुवाकोटका अनन्तराम केसीले लगातार ९० घन्टा २ मिनेटसम्म वक्तव्य दिएर गिनीज बुक वर्ल्ड रेकर्ड राख्नुभएको छ ।

न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित इष्टपोल स्कूलमा भदौ ११ गते बिहान ६ः१५ बजेदेखि वक्तव्य सुरु गर्नुभएको थियो । केसीले भदौ १४ गते राति १२ः१७ बजेसम्म निरन्तर वक्तव्य दिनुभएको थियो । राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर वक्तव्य दिएको सह आयोजक साकुरा नेपालका प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान राख्नुभएका केसीलाई “गिनीज बुक वर्ल्ड रेकर्ड” का प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्त रूपमा प्रमाणपत्र वितरण गरेका छन् ।

नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी एक आध्यामिक साधक हुन् । केसीले २१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पूरा गरिसकेका छन् । यसअघि ८० घण्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सकेका थिएनन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top