+
Search

ताजा अपडेट +

पपुलर +

महिला तथा बालबालिका हिंसाको विरोधमा -याली (भिडियो)

women children crime stop justice
डबली खबर
७ साल अगाडी

विदुर / महिला तथा बालबालिका माथि बढिरहेको हिंसाको विरोधमा नुवाकोटका मानव अधिकार रक्षक सञ्जाल नुवाकोटले विदुर चोकबाट त्रिशुली बजारसम्म -याली प्रदर्शन गरेको छन् ।

महिला मानव अधिकार रक्षक सञ्जाल नुवाकोटका अध्यक्ष अञ्जली पाण्डेले महिला र बालबालिकामाथि भईरहेको हत्या, हिंसा र बलात्कारका घटना रोक्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कोसेली नेपाल नुवाकोटका अध्यक्ष अस्मिता थापा, महिला मानव अधिकार रक्षक सञ्जाल नुवाकोटका बरिष्ठ सल्लाहाकार शर्मिला थापा मगर, वातावरण तथा प्रजन्न स्वास्थ्य केन्द्र नुवाकोटका कोषाध्यक्ष शुभद्रा नेपाल लगायतले हिंसात्मक गतिविधि अन्त्य हुनुपर्ने र अपराधीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ