काठमाडौं । हाम्रो विकास बैंक प्राप्तिको लागि नेपाल राष्ट्र बैंकले ज्योति विकास बैंकलाई सहमति दिएको छ ।
गत मंगलबार बसेको राष्ट्र बैंक संचालक समितिले हाम्रो विकास बैंक प्राप्तिको लागि ज्योति विकास बैंकलाई सहमति दिने निर्णय गरेको राष्ट्र बैंकले जनाएको छ ।
ज्योति विकास बैंक राष्ट्रियस्तरको विकास बैंक हो । हाम्रो विकास बैंक नुवाकोटमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीयस्तरको विकास बैंक हो ।
अहिले राष्ट्रियस्तरका विकास बैंकको चुक्ता पुँजी कम्तिमा पनि २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने राष्ट्र बैंकले बनाएको नियम छ । हाम्रो विकास बैंकलाई प्राप्ति गर्नुअघि नै ज्योति विकास बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ छ । यस्तै हाम्रो विकास बैंकको चुक्ता पुँजी ४९ करोड २२ लाख रुपैयाँ छ । अहिले ज्योतिसँग साढे २० अर्ब रुपैयाँ निक्षेप छ भने हाम्रो विकास बैंकसँग पौने २ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै कर्जामा ज्योतिले करिब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ भने हाम्रो विकास बैंकले १ अर्ब ६० करोड रुपैयाँ जति कर्जा तथा लगानी गरेको छ ।






























































प्रतिक्रिया