गेर्खु, नुवाकोट / अविरल वर्षाको कारण पासाङल्हामु राजमार्ग अन्तर्गत गेर्खुस्थित सडक पूर्णरुपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विदुर नगरपालिका वडा नम्बर १ र १० को सीमामा पर्ने गेर्खुखोलामा आएको बाढीले खोलामा बनाईएको डाईभर्सन भत्काउँदा पासाङल्हामू मार्गको त्रिशूली–धुञ्चे सडकखण्ड सवारी आगमन बन्द भएको थियो । बाढीले डाईभर्सनमा राखिएको एउटा ह्युमपाईप बगाएको थियो भने अर्को एक खोलामा दबिएको थियो । गत हप्ता मात्र गेर्खुखोलाको पूर्ण रुपले पुलमा क्षति भएसंगै सडक सुचारु गर्न खोलामा डाईभर्सन बनाएको थियो ।
अहिले डाईभर्सन बनाईएको भन्दा ३० मिटरमाथिबाट खोलामै अस्थाई रुपले सडकको बनाएर सडक सुचारु गरिएको विदुर नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष लेनिन रञ्जितले बताउनुभयो ।

प्रतिक्रिया