+
Search

ताजा अपडेट +

पपुलर +

कर संशोधन गर्न मेयरलाई ज्ञापनपत्र

mayor sanju pandit talkin with nccinuwakot bod members
डबली खबर
७ साल अगाडी

विदुर, नुवाकोट / नुवाकोट उद्योग वाणिज्य संघले व्यवसायिक कर संशोधन गर्न गम्भीर ध्यानाकर्षण सहित विदुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले ज्ञापनपत्र बुझ्दै नगरसभामा पारित आर्थिक ऐन अनुसारको करको दस्तुर उठाउन नुवाकोट उद्योग वाणिज्य संघलाई सहयोग गर्न मेयर पण्डितले अनुरोध गर्नुभयो । त्यस्तै, यस आव करको दस्तुर संशोधन हुन नसके आगामी आवमा पुनरावलोकन गर्न सकिने र कर परिमार्जन गर्न कार्यन्वयन पक्ष र सरोकारवालासँग छलफल गरेर करको दायरालाई पुनरावलोकन गरिने बताउनुभयो । त्यस्तै, विदुर नगरपालिका पुरानो भएर पनि नगर विकासमा पछाडि रहनुमा नगरले करको दायरमा ल्याउनु नसक्नु र जनताले कर प्रति आफ्नो जिम्मेवारी नबुझेको कारणले नगर विकास हुन नसकेको मेयर पण्डितले बताउनुभयो ।

संघका अध्यक्ष ताराबहादुर कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विदुर नगरपालिकाको तेस्रो नगरसभाबाट पारित गरेको आर्थिक ऐन २०७५ मा उल्लेखित विभिन्न कर, शुल्क, दस्तुर सम्बन्धमा चर्को वृद्धि गरेको भन्दै संघले कर वृद्धिमा पुनरावलोकन गरी व्यवसायमैत्री वातारवण निर्माण गर्नको लागि ध्यानाकर्षण गराएको हो ।

सुरक्षित व्यापार तथा व्यवसाय गर्ने वातावरण बनाइदिन संघले माग गरेका छन् । भर्खर व्यवसाय सुरु गरेको र गर्न लागेको लागि निराश गरेको र करको वृद्धिले व्यवसायनै परिवर्तन गर्नुपर्ने बाध्यताकाे सिर्जना भएको संघले जनाएको छ । उद्योगी, व्यापारीका साथै सर्वसाधारण जनताको जीवनयापनमा समेत गम्भीर असर पुगेकाे हुनाले चालु आवका लागि लगाइएको कर, शुल्क, दस्तुरको दर सम्पत्तिको मूल्यांकनमा पुनर्विचार गर्न संघले अपिल समेत गरेको छ ।

 

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ