२०८१, ८ बैशाख शनिबार

व्यवसाय सम्पत्ति कर घटाउन माग: होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ

    भाद्र १० २०७५ ००:५३

nuwakot hotels
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / व्यवसाय सम्पत्ति कर वृद्धिले होटल व्यवसायी मारमा परेको भन्दै नुवाकोटका सबै स्थानीयतह समक्ष करको दायरालाई घटाउन माग गरेको छ ।

शनिबार बट्टारमा पत्रकार सम्मेलन गर्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेतीले नुवाकोटमा २०६३ सालदेखि आधिकारीक रुपमा होटलहरु सञ्चालनमा रहे पनि पर्यटन र व्यवसायिक क्षेत्रमा बजेट विनियोजन हुँदा स्थानीय निकायले होटल व्यवसायसँग समन्वयन नगरेको गुनासो व्यक्त गर्नुभयो । नुवाकोट उद्योग वाणिज्य संघका प्रवत्ता समेत रहुनभएका उप्रेतीले पर्यटनको प्रचुर सम्भावना बोकेको नुवाकोटमा पर्यटन क्षेत्रको विकासको लागी स्थानीय तहसँग आपसी समन्वयन गरी आर्थिक बृद्धिदर उकास्न होटल तथा रेष्टुरेण्ट व्यवसाय संघ तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्यले व्यवसाय सम्पत्ति करको वृद्धि निराधार रहेको भन्दै होटल व्यवसायी विरोधमा ऐक्यबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा व्यवसाय सम्पत्ति करमा भएको मूल्यवृद्धिको विरोधमा आगामी भाद्र १२ गते जिल्ला प्रशासन मार्फत नुवाकोटको १२ वटै स्थानीयतहलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको र मागको सम्बोधन नभए चरणबद्द विरोधको कार्यक्रम गरिने होटल तथा रेष्टुरेण्ट व्यवसाय संघ नुवाकोटका उपाध्यक्ष दिपेन्द्र पौडेलले बताउनुभयो ।

ज्ञापनपत्र तथा विरोध कार्यक्रमको लागि दिपेन्द्र पौडेलको संयोजकत्वमा सदस्यहरु रोशन भण्डारी, बाशुदेव अधिकारी, सनम मैनाली र रमेश तामाङ रहेको संघले जनाएको छ ।

No automatic alt text available.

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top