२०८१, १३ बैशाख बिहीबार

अझै खुलेन नुवाकोट आर्दश बहुमुखी क्याम्पसको ताला

    भाद्र ७ २०७५ ०८:५३

nuwakot adarsha multiple campus
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति छिट्टै तोक्नुपर्ने माग राख्दै लगाएको लगाएको ताला ५ महिनासम्म पनि खुलेको छैन ।

गत २०७४ चैत्र ८ गते स्ववियु निर्वाचनको माग गदै अनेरास्ववियु र अखिल क्राान्तिकारिले लगाएको ताला नखुल्दा क्याम्पसको दैनिक प्रशासनिक काम हुन सकेको छैन । क्याम्पसमा लगाइएको ताला नखुल्दा विद्यार्थीको गत वर्षको र यसै वर्षको समेत शैक्षिक विवरण प्रभावित भएको क्याम्पस प्रमुख नारायणमान डंगोलले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न मिति नतोकिदिएकोले विद्यार्थीको माग पुरा गर्न नसकिएको डंगोलले जानकारी दिनुभयो । पुर्व माओवादी केन्द्रका निकट अखिल क्राान्तिकारी र पुर्व एमाले निकट अनेरास्ववियुले क्याम्पस प्रमुख र लेखा शाखामा ताला लगाएका हुन् ।

क्याम्पस प्रशासनले ताला खोल्न विद्यार्थी संगठनसँग छलफल गरेपनि प्रयास सार्थक नभएको क्याम्पसले जनाएको छ । क्याम्पसमा भएका सवै विद्यार्थी संगठनको जायज माग पुरा गर्न क्याम्पस प्रशासन हरदम तयार रहेको र सुनिरहेको भन्दै क्याम्पस प्रमुख डंगोललले सबै विद्यार्थी संगठनको साझा धारणा भए आफुहरु चुनाव गराउन तयार रहेको बताउनुभयो ।

क्याम्पसमा लामो समयदेखि लागेको तालाले विभिन्न प्रशासनिक झमेला ब्यहोर्नु परेको क्याम्पस प्रशासनले जनाएको छ । ताला लाग्दा क्याम्पसले आर्थिक वर्ष २०७४/७५ को आय व्ययको अडिट गर्न समेत समस्या भएको छ भने दैनिक कार्य संचालन र अभिलेख राख्ने कामसमेत प्रभावित भएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पस प्रशासनले ताला खुलाउने विषयमा छलफल गर्दा समेत निकास ननिस्कदा अप्ठयारो परेको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top