+
Search

ताजा अपडेट +

पपुलर +

पुर्वमन्त्री प्रकाण्डलाई हिरासतमा राख्न प्रहरीलाई अनुमति

arrested to prakanda nuwakot police
डबली खबर
७ साल अगाडी

विदुर, नुवाकोट / नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई आगजनी अभियोगको मुद्दामा अनुसन्धान गर्न शुक्रबार जिल्ला अदालत नुवाकोटले थप तीन दिन सोधपुछको लागि हिरासतमा राख्न जिल्ला प्रहरीलाई अनुमति दिएको छ ।

सरकारी वकिलको कार्यालयमार्फत नुवाकोट प्रहरीले अनुसन्धानको लागि सात दिनको म्याद माग गरेकोमा जिल्ला न्यायाधीश ऋषिकेश वाग्लले तीन दिनको मात्र अनुमति दिनुभएको हो ।

प्रकाण्डलाई आज बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय नुवाकोटले बुझेको थियो । गत साउन ७ गते बेलकोटगढी नगरपालिका वडा नं. ९ भट्टथोकमा नागार्जुन कन्स्ट्रक्सन प्रा.लि.ले धमले–दुईपिपल सडक निर्माणको लागि ल्याएको दुईवटा डोजरमा आगजनी गरेको अभियोगमा जिल्ला अदालत नुवाकोटमा उपस्थित गराइएको हो ।

अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएपछि प्रकाण्डले आफू र पार्टीको सम्बन्ध सरकारबीच राजनैतिक असहमतिको कारण षडयन्त्र गरी फसाउन जालझेल गरेको अभिव्यक्ति दिनुभएको थियो ।

नेकपा ‘विप्लव’को टोलीले चन्दा माग गर्दा नदिएपछि नागार्जुन कन्स्ट्रक्सन प्रा.लि.को दुई स्काभेक्टरमा आगजनी गरेको जिकिर गर्दै प्रकाण्डलाई ६ महिना कैद र दुई करोड २३ लाख रुपैयाँ क्षतिपूर्ति माग दाबीसहित अदालतमा आगजनी मुद्दा दर्ता गरिएको हो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ