२०८१, १३ बैशाख बिहीबार

एघार वर्षीया बालिकाले गाए राष्ट्रप्रेम गीत (भिडियो)

    भाद्र ७ २०७५ १६:११

sambriddhi timilisina
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

राष्ट्र प्रेमको भावनामा बनेको “माथि माथि हिउँचुली” गीतले देश तथा विदेशमा रहेका नेपाली सबैको मन छोएको छ ।

गीतमा चितवन घर भएका एघार बर्षिया बाल गायिका समृद्धि तिमल्सिनाको स्वर रहेको छ । युट्यूबमार्फत् सार्वजनिक गरिएको गीतले  महिनादिन नपुग्दै गीतले चर्चा बटुल्दै आएको छ । राष्ट्र प्रेमको भाव बोकेको यो गीत सरल र मिठो लयमा रहेको छ ।

गीतमा रमेश अधिकारीको शब्द,  चक्रपाणी तिमल्सिनाको संगीत रहेको छ । सामाजिक संजालमार्फत गीतको प्रचारप्रसार गरिएको संगीतकार तिमल्सिनाले जनाएको छ । समृद्धि संगीतकार चक्रपाणि तिमल्सिनाका छोरी हुन् ।

सानै उमेरदेखि गीतमा रुची राख्ने समृद्धिले विद्यालयस्तरमा हुने गायन प्रतियोगितामा सँधै अग्र स्थानमा रहने आमा बबिता खनालले बताउनुभयो । नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायिका मेलिना राईको अनुयायी एवम् प्रशंसक समेत रहेको समृद्धि तिमल्सिना बताउनुभयो ।

रेकर्डिङ स्टुडियोमा पहिलोपटक पाइला टेकेका समृद्धिले गीतलाई सहज रुपमा गाएका बालिका प्रतिभाशाली गायिका रहेको संगीत संयोजक राजु खड्का र डिजिटल काठमाडौंका संचालक डिका गुरुङले बताउनुभयो ।

समृद्धि चितवनको स्काई राइडर आवासीय उच्च माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्यनरत पढाई लगायत खेलकुदमा पनि अब्बल रहेको आमा बबिता खनालले बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top