२०८०, १६ चैत्र शुक्रबार

विद्युत प्रशारणको लाईनबाट करेन्ट लागेर १ को मृत्यु, २ घाईते (भिडियो)

    भाद्र ७ २०७५ २१:५७

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

लिखु, नुवाकोट । लिखु गाउँपालिका वडा नं. १ ढिकुरेमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सो घटनामा अन्य दुई जना घाइते भएका छन् ।

ढिकुरेस्थित ३३ हजार के.वि. को प्रशारण लाईनको खम्बा कोल्टि तार झोलिन गई करेन्ट लाग्दा लिखुगापा-१ का २३ वर्षीया तुलसा अधिकारीलाई उपचारको लागिव विदुर ल्याउने क्रममा बीचबाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

त्यस्तै, बेलकोटगढि नगरपालिका-१२ मदानपुर बस्ने १७ वर्षीया सदिक्षा पौडेल र लिखू गापाका-१ शान्ति बजार बस्ने बर्ष ५५ को लालप्रसाद लामिछाने घाईते भएका छन् । घाईतेको विदुरस्थित नुवाकोट सिटी अस्पतालमा प्राथमिक उपचार गराई काठमाडौं लागिएको छ ।

तीन साता अघिको बाढीले ढलेको पोल मर्मत गर्ने समयमा विद्युत प्राधिकणको लापरबाहीले पुनः पोल ढलेको र त्यसको जानकारी प्राधिकरणलाई गराएपनि समयमै विद्युत कटौती नहुदाँ दुर्घटना भएको भन्दै घटनाको विरोधमा स्थानीयबासीले सदरमुकाम विदुर चोकमा र ढिकुरेमा करिब ५ घण्टा सवारी आगमन बन्द गराएका थिए ।

सडक अवरुद्ध गराईदा गोसाईकुण्ड मेला र मानसरोवर जाने आन्तरिक तथा बाह्रय धर्मालम्बीहरु लगायत पर्यटकहरु समेत अलपत्र परेका थिए । सर्वसाधारणहरु हिंडेर नै आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

पिडितलाई राहत

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको संयोजनमा पिडित र लिखु गाउँपालिकाका प्रतिनिधिको रोहवरमा भएको वार्ताले पिडितलाई क्षतिपूर्ति बापत् रु.५ लाख रुपैयाँ र घाइतेको उपचारको व्यवस्था मिलाईने सहमति भएसँगै सवारीसाधन सुचारु भएको थियो । सहमतिमा दुर्घटनामा ज्यान गुमाएकी अधिकारीको दुई वर्षिय छोरीलाई सबैको सहयोगमा राहात कोष स्थापना गर्ने सहमति समेत भएको छ । त्यस्तै, स्थानियबासीले लापरवाही गरेर काम नगर्ने प्राधिकरणका कर्मचारीलाई बर्खास्तीको माग समेत पुरा भएपछि आन्दोलन फिर्ता भएको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top