२०८१, १३ बैशाख बिहीबार

होटल तथा पर्यटन व्यवसायीक संरक्षणमा जोड: उप्रेती

    भाद्र ५ २०७५ १५:०८

santosh upreti hotel assiciation nepal provience 3
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काभ्रे / होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर ३ ले प्रदेशमा रहेका होटल व्यवसायीहरुसँग अन्तरक्रिया भएको छ ।

पर्यटनको पहिलो खुड्किलाको रुपमा रहेका होटल व्यवसायीहरुले पछिल्लो समय स्थानीयतहले लगाएको कर, होटल व्यवसायी महासंघको आसन्न महाधिवेशन लगायतको विषयमा छलफल भएको होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नम्बर ३ का अध्यक्ष सन्तोष उप्रेती बताउनुभयो । कार्यक्रम महासंघको आसन्न महाधिवेशनमा सक्षम नेतृत्व चयन गर्ने, व्यवसायीहरुको समस्यालाई होटल तथा पर्यटन व्यवसायी संघले अपनत्व लिने बिषयमा केन्द्रित भएको उप्रेतीले बताउनुभयो । स्थानियतहले लागु गरेको व्यवसायीक करको विरोध गर्नुभएको थियो । पर्यटन प्रवर्धनको पाटोमा होटल व्यवसायीहरु लागेकाले त्यसको कदर गर्दै कर छुटको व्यवस्था गर्नुपर्ने बताउनुभएको थियो । साथै, होटल व्यवसायी महासंघमा भैरहेको बेथितिहरुलाई हटाएर कुसल नेतृत्व चयन गर्दै व्यवसायीहरुको संरक्षणमा लाग्नु पर्ने उप्रेतीले बताउनुभयो ।

कार्यक्रममा होटल व्यवसायी महासंघको महाधिवेशन प्रदेश नम्बर ३ ले आयोजना गर्न तयार रहेको होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर ३ का बरिष्ठ उपाध्यक्ष उमेश सुबेदीले बताउनु भएको थियो ।

संस्थापक अध्यक्ष र बर्तमान अध्यक्ष दुबैले हाल सम्म व्यवसायी महांसघको नेतृत्व गर्दा भएका गल्तिहरु स्वीकार्न तयार रहेको बताएका थिए । मुलुक पुनःसंरचनामा गइसकेकाले सात वटै प्रदेशमा रहेका व्यवसायीहरुलाई महासंघमा आबद्ध गराएर व्यवसायीहरुको हकहितको संस्थाको रुपमा विकास गर्न तयार रहेको कार्यक्रममा उल्लेख गरिएको थियो ।

कार्यक्रमले प्रदेश नम्बर ३ अन्तर्गत रहेका १३ वटै जिल्लाका स्थानियतहमा व्यवसायिक कर वृद्दिको विरोध स्वरुप ज्ञापन पत्र बुझाउने निर्णय गरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top