२०८१, १७ बैशाख सोमबार

नुवाकोटमा पनि मनाईयो राष्ट्रिय सूचना दिवस

    भाद्र ३ २०७५ १९:००

National Information Day
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / आज ११ औँ राष्ट्रिय सूचना दिवस, नुवाकोटमा पहिलोपटक गैरसरकारी सँस्थाबाट सामुदायिक विकास केन्द्र (सिडिसी) नेपालले राष्ट्रिय सूचना दिवस अवसर पारेर सूचना अधिकार विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ।

कार्यक्रममा सिडिसी नेपालका अध्यक्ष नारायणप्रसाद नेपालले कुनै पनि सार्वजनिक सरोकार थाहा पाउने नागरिकको अधिकार रहेकोले सूचना माग्ने र पाउने अभियानमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले जिल्लास्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायमा सूचना अधिकारी भएनभएको निरीक्षण हुनुपर्नेमा जोड दिएका थिए । त्यस्तै, जिल्लास्थित सरकारी तथा गैरसरकारीले आफ्ना कार्यक्रम, गतिविधि तथा आर्थिक विषयकसंग सम्बन्धित जानकारी जनतालाई सुचितत गर्न मिडियाको अहम भूमिका रहेकोले सत्यतथ्य बाहिर ल्याउनुपर्ने सहभागीहरुले धारणा व्यक्त गरेका थिए ।

वि.सं २०६५ साल भदौ ३ गते सूचनाको हकसम्बन्धी ऐन लागू भएपछि हरेक वर्ष विभिन्न कार्यक्रमका साथ राष्ट्रिय सूचना दिवस मनाउन थालिएको हो । नेपालमा सूचनाको हकसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था भएपछि सार्वजनिक चासोको सूचना माग्ने र पाउने हकको कार्यान्वयन क्रमिक रूपमा वृद्धि भइरहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top