२०८१, १६ बैशाख आईतवार

छिमेक लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

    भाद्र ३ २०७५ १२:३७

Chhimek Laghubitta
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बेत्रावती / छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय बेत्रावती नुवाकोटले यस संस्थामा आवद्ध इकाईका सदस्यहरुको अभिभावकलाई साक्षर बनाउन अभिभावक भेला तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ ।

कार्यक्रममा छिमेक लघुवित्त वित्तिय संस्थाका अनुगमन प्रमुख अर्जुन पन्तले बचतका विशेषताको बारेमा, राधाकृष्ण तिमल्सीनाले कर्जाको विषेशताको बारेमा र सुनिता तिम्सीनाले वित्तीय साक्षरताको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

साथै कार्यक्रममा छिमेक लघुवित्त वित्तिय संस्था नुवाकोट शाखाका शाखा प्रबन्धक भानुभक्त आचार्यले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रतिवेदन अनुसार २०७३ साल फागुन १ गते बाट संचालनमा आएको यस शाखाले १४५२ जना सदस्यमाझमा ९५ लाख १४ हजार बचत संकलन तथा १ करोड १२ लाख कर्जालगानी गरि १ लाख १५ हजार घाटामा रहेको रहेको छ ।

विगत १ वर्षभित्रमा ६ जना सदस्य तथा अभिभावकको मृत्युहुदा रु ५१ हजार सहयोगको साथै ६४ जना सदस्य सुत्केरि हुदा जनही रु दुई हजारको दरले १ लाख २८ हजार रुपैया सहयोग प्रदान गरेको छ । गर्नुको साथै आ.व. २०७४/०७५ मा ६५ जना सदस्यलाई सिपमुलक तथा आयमुलक तालिम प्रदान गरिएको थियो ।

कार्यक्रममा विदुर नगरपालिका, बेलकोटगढी न.पा. लिखु, सुर्यगढी, ककनी गाउँपालिकाका ११० जना सदस्यका अभिभावकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top