२०८१, १४ बैशाख शुक्रबार

फौजदारी तथा देवानी संहितासम्बन्धि दुई दिने प्रशिक्षण

    भाद्र ३ २०७५ ११:१७

lekhapadhi training nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन नुवाकोटको आयोजनामा फौजदारी तथा देवानी संहितासम्बन्धि दुई दिने प्रशिक्षण सम्पन्न भएको छ ।

प्रशिक्षणमा सहभागीहरुले उठाएको जिज्ञासाहरुलाई अधिवक्ता देवराज कँडेलले सम्बोधन गर्नुभएको थियो । मालपोतको कार्य अदालतमा पुगेको भन्ने यथार्थ नभई लेखापढी व्यवसायको पेशागत क्षेत्र फराकिलो भएको र कानुनी पहुँचमा अझ नजिक रहेको बताउनुभयो । त्यस्तै, लेखापढी व्यवसायलाई मजदुरी पेशाको रुपमा नहेरी न्यायिक पेशागतको रुपमा हेर्न आग्रह गर्नुभयो । मालपोतको अनलाईन सेवा संचालनमा आएसंगै लेखापढी व्यवसायलाई प्रविधियुक्त सेवा बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रशिक्षणमा भदौ १ गतेदेखि लागू भएको संशोधनसहितको नयाँ मुलुकी देवयानी र फौजदारी ऐनको बिषयमा नुवाकोटमा रहेका लेखापढी कानुन व्यवसायीलाई जानकारी गराईएको थियो । नयाँ संशोधित ऐन जारी भएसँगै लेखापढि कानुन व्यवसायीले ऐनको बारेमा जानकारी लिएर सेवा प्रवाह गर्नुपर्ने सरोकारवालाहरुको भनाई रहेको छ ।

प्रशिक्षणमा अधिवक्ता देवराज कँडेल, उत्तम अधिकारी, नारायण अधिकारी, शिवप्रसाद बन्जारा, बिमल थापा, सुरेन्द्रराज अधिकारी, माधवराज सिलवाल र राजाराम सिलवालले तालिममा सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top