२०८१, १४ बैशाख शुक्रबार

नुवाकोटको शिक्षामा पारदर्शीता नभएको: टिआईएनेपाल

    भाद्र ३ २०७५ ०८:२९

TIA Nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / भूकम्प गएको ४० महिना बितिसक्दा पनि बास्तबिक कतिपय भूकम्पपिडित नागरिकहरु अझै पनि लाभग्राहीको सूचीमा नपरेको पाईएको छ ।

ट्रान्सपरेन्सी ईन्टरनेशल नेपाल (टिआईएनेपाल ) नुवाकोटले शनिबार पत्रकार सम्मेलन गर्दै भूकम्पपछि देशमा तीन चरणको निर्वाचन सम्पन्न भई परिवर्तित संघीय शासन प्रणाली अन्तर्गत प्रदेश नगर तथा गाउँमा सरकार गठन भईसकेका छन् तर जिम्मेवारी पाएका जनप्रतिनिधिले पुननिर्माण सम्बन्धि कार्यमा प्रत्यक्ष भूमिका नदेखिएको जनाएको छ ।

भ्रष्टाचार विरुद्धको सहकार्यको लागि निरन्तर क्रियाशिल रहदै आएको टिआईएले जिल्लामा खटिएका प्राविधिकहरु जाँगर चलेको बेलामा मात्र फिल्डमा जाने प्रबृतीका कारण धेरै भूकम्प पीडितहरुले अन्जानामा मापदण्ड बिपरित आबास निर्माण गरेको र अनुदान रकम पाउनबाट बञ्चित भएको जनाएको छ । विदुर नगरपालिका-२ मा २० घरको नमुना सर्वेक्षण गरिएकोमा ३ घरमा पुरानो क्षतिग्रस्त संरचनामा जोडेर १ कोठे घर बनाएको पाईएको र आगामी दिनमा त्यस्ता प्रकारको घरहरुले झन् जोखिम निम्त्याउने भन्दै यस्ता बिषयहरुमा पुननिर्माण प्राधिकरणको ध्यान जानु आवश्यक रहेको टिआईएनेपाल नुवाकोटको जिल्ला अधिकृत दिपेश घिमिरेले बताउनुभयो । नुवाकोटमा शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले गरेको कार्यमा धेरै भ्रष्टाचार गरेको आरोप लगाउदै काममा पारदर्शीता नभेटीएको घिमिरेले बताउनुभयो ।

भूकम्प सम्बन्धि काम गर्ने निकायहरु एकद्धार प्रणालीमा चल्न नसक्दा नुवाकोटमा धार्मिक तथा सास्कृतिक सम्पदाको पुननिर्माणले गति लिन नसकेको टिआईएनेपालका सिनीयर अफिसर बिनोद भट्टराईले बताउनुभएको छ । निर्माण ठेक्का समयमा नै सम्पन्न गर्न केन्द्र र जिल्लाबिच समन्वयनमा कमि रहेको र निर्माणाधिन संरचनाको गुणस्तर अझ सशक्त बनाउनुपर्ने देखिएकोले अनुगमन ब्यबस्था प्रभाबकारी बनाउन जरुरी रहेको बताउनुभएको छ । नुवाकोटमा पुननिर्माणको लागि जिल्ला भित्रिएका गैरसरकारी सँस्थाहरुले गर्ने कार्य प्रभावकारी नरहेको भन्दै नुवाकोटमा अरबौं रुपैया पुननिर्माण कार्यमा खर्च भईरहेको अबस्थामा पारदर्शी ढंगबाट खर्च भएको वा नभएको हेरबिचार गर्ने कार्यमा सञ्चारमाध्यमको पनि उतिकै भूमिका रहने भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top