sujim bazar advert

नुवाकोटको पर्यटन विकासमा नुवाकोट सम्पदा गाउँ – खतिवडा

    भदौ ३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

nuwakot sampada gaaun nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर / प्रतिनिधिसभा सदस्य एवम् सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटको ऐतिहासिक साततले दरबार क्षेत्रमा बन्न लागेको नुवाकोट सम्पदा गाउँले नुवाकोटको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासको प्रचुर सम्भावना भएको नुवाकोटमा भूकम्पपछिको विनाशलाई विकासको रुपमा प्रतिस्थापन गराउने उद्धेश्यले नुवाकोटमा बन्न लागेको सम्पदा गाउँ देशकै नमुना गाउँको रुपमा प्रतिस्थापित हुनसक्ने सांसद खतिवडाले बताउनुभएको छ । नुवाकोटमा निर्माण हुँदै गरेको सम्पदा गाउँ नुवाकोटको सानको र पहिचान रहेको भन्दै सम्पदा गाउँको निर्माणको लागी स्थानीयबासिन्दा एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । नुवाकोट सम्पदा गाउँको क्षेत्राधिकारभित्र बस्न नचाहने नागरिकहरुलाई उनीहरुको आवश्यकता अनुसार विकल्पको खोजी गरी छलफल प्रक्रिया मार्फत् अगाडि बढ्न समितीलाई सुझाव दिनुभयो ।

विदुर नगरपालिका-२ स्थित भैरवि माध्यामिक विद्यालयको प्रांगण भएको नुवाकोट सम्पदा गाउँको तेश्रो साधारणसभा तथा प्रथम अविधेशनलाई सम्बोेधन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नुवाकोटको इतिहासलाई संरक्षण गर्ने उद्धेश्यले निर्मार्ण हुन लागेको नुवाकोट सम्पदा गाउँलाई नगरको निती तथा कार्यक्रमको आधारमा सहयोग तथा समन्वयन गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

मौलिक संरचना, साँस्कृतिक पहिचान, सामाजिक समृद्धि हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नुवाकोट सम्पदा गाउँ समितीका अध्यक्ष पुस्कर शर्मा रिमालले नुवाकोट सम्पदा गाउँ निर्माण गरी मौलिक बस्तीको बिकास गर्न सके आगामी दिनमा सम्पदा गाउँ नेपालको पहिचानको रुपमा रहने र आर्थिक तथा सामाजिक क्षेत्रको दिगो विकासमा टेवा पुग्ने बताउनुभएको छ । नुवाकोट सम्पदा गाउँको विकास र विस्तारको लागि अन्तराष्ट्रिय संघसंस्थाको पहलमा उपयुक्त स्थानको पहिचान गरी बाल उद्यान, सडकमा सोलार बत्ति, पर्यटकको बासस्थानको लागि होमस्टेको व्यवस्था, धार्मिक तथा ऐतिहासिक सम्पदाको पुननिर्माणमा जोड दिने लगायतको आगामी योजनाहरु रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख गीता दाहाल, विनपा-२ का वडाध्यक्ष वीरेन्द्रकुमार शााही, नुवाकोट स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुयाँल, नुवाकोट सम्पदा गाउका अभियन्ता सुमन पाण्डे, जेष्ठ नागरिक संघका अध्यक्ष यज्ञराज केसी लगायतका सरोकारवालाहरुले ऐतिहासिक साँस्कृतिक धरोहरको रुपमा परिचित नुवाकोटको विकास र समृद्ध नुवाकोट सम्पदा गाउँ निर्मााणको लागी सबै एकजुट भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।

नुवाकोट सम्पदा गाउँको पुन:अध्यक्षमा शर्मा

Image may contain: 12 people, including Puskar Sharma, people standing

शनिबार नै भएको प्रथम अधिवेशनबाट नुवाकोट सम्पदा गाउँको अध्यक्षमा पुन:पुष्कर शर्मा रिमाललाई चयन गरेको छ छ । शर्माको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा रामलाल डङ्गोल, सचिबमा इश्वरमान श्रेष्ठ, सहसचिवमा रामहरी आचार्य र कोषाध्यक्षमा रामराजा श्रेष्ठ चयन भएका छन् । यस्तै, सदस्यहरुमा ध्रुवबहादुर थापा, महेन्द्रलाल श्रेष्ठ, रमेश विश्वकर्मा, भोजबहादुर ओझा, शर्मिला श्रेष्ठ, अप्सरा खतिवडा, सनम परियार र दिपेन्द्र लोहनी चयन भएको निर्वाचन संयोजक बसन्तलाल श्रेष्ठले जानकारी दिनुभयो ।

Image may contain: 2 people, people standing

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top