विदुर, नुवाकोट / विपत् सम्बन्धि दुर्घटनामा हुने मानवीय र भौतिक क्षतिको सम्भावित जोखिमलाई कम गर्नको लागि नुवाकोटमा पनि आपतकालीन कार्य संचालन केन्द्रलाई २४ सै घण्टा संचालनमा ल्याएको छ ।
भू-प्रकोपबाट हुने जोखिमको सूचना वा जानकारीलाई केन्द्रको फोन नम्बर ०१०-६१-९३३ मा टिपोट गर्न सकिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
नागरिक सुरक्षाको प्रत्याभुति दिन जुनसुकै समयमा उद्वार र राहात कार्यका लागि नुवाकोटका सबै स्थानीयतह र सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन प्रशासनले आग्रह समेत गरेको छ ।