विदुर / सचेतन सञ्जालले आज सातौं वार्षिकोत्सव मनाएका छन् । कार्यक्रम समाज सचेतन केन्द्र र सचेतन सामुदायिक सिकाइ केन्द्रले संयुक्त रुपमा भएको थियो ।
कार्यक्रममा सञ्जाललाई विद्यमान कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने सदस्यहरुले जोड दिएका छन् । त्यस्तै, कार्यन्वयन पक्षमा आरक्षण कोटाको प्रवृत्तिलाई परिमार्जनगरी खुला प्रतिस्पर्धामा लैजानुपर्ने र संस्थाको निर्णय कार्यन्वयनमा संवेदनशील भएर लाग्नुपर्ने संजालले जनाएको छ ।
नागरिक समाजको जिम्मेवार अंग भएकोले समाज परिवर्तनमा एकाग्र भएर लाग्नुपर्ने सञ्जालका अध्यक्ष यमकुमार खातीले बताउनुभयो । देश निर्माणको लागि दातृ राष्ट्रको मुख नहेरी सम्बृद्धि देश निर्माणमा नागरिक स्वयम् लाग्नुपर्ने बताउनुभयो । त्यस्तै, सामाजिक कार्यको लागि गराई माध्यमको अवधारण पहिल्याउनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
सञ्जालमा सचेतन पुस्तकालय, सामुदायिक पुस्तकालय, सचेतन सामुदायिक सिकाइ केन्द्र र समाज सचेतन केन्द्र एवं नागरिक समाज अावद्द रहेकाछन् ।
प्रतिक्रिया