२०८१, ७ बैशाख शुक्रबार

बतास फाउन्डेसनको खानेपानी परियोजना (भिडियो)

    श्रावण ३१ २०७५ ००:५८

drinking water tank survey batas foundaion
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

थानसिंह, लिखु / बतास फाउन्डेसन नामक गैरसरकारी सँस्थाको सहयोगार्थ डाँफे खोला फूलपाती डाँडा खानेपानी तथा सरसफाई परियोजनाको जनप्रतिनिधिबाट निरीक्षण भएको छ ।

नेपालमा सुरक्षित पानीको पहुँच परियोजना अन्तर्गत नुवाकोटको लिखु गाउँपालिका-६ थानसिंहमा डाँफे खोला फूलपाती डाँडा खानेपानी तथा सरसफाई परियोजनाको उत्तरार्धमा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले निरीक्षण गर्नुभएको छ । भूकम्पपछि पानीको मुहान सुक्दै जाँदा खानेपानी र खेतिको लागि असहज भइरहेकोमा बतास फाउन्डेसनबाट निर्माण भईरहेको परियोजनाबाट लाभान्वित जनतामा राहत पुग्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

परियोजनामा संस्थाबाट साँढे १६ लाख, लिखु गाउँपालिकाबाट ४ लाख र जनश्रमदान करिब रु.७ लाख रुपैंया गरी रु. २७ लाख लागत रहेको बतास फाउन्डेसनले जनाएको छ।  त्यस्तै, ४० घरधुरी, २८ धारा गरी २१० जना लाभान्वित हुने संस्थाले जनाएको छ ।

कार्यक्रममा वडा ६ का वडाध्यक्ष हरिशरण लामिछाने, खानेपानी उपभोक्ताका समितिका सदस्य लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

डाँफे खोला फूलपाती डाँडा खानेपानी तथा सरसफाई परियोजना इस्लामिक रिलिफ नेपालको सहयोगार्थ, इस्लामिक रिलिफ यूयसए र नेपाल सरकारको समन्वयमा बतास फाउन्डेसनले निर्माण गरिएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top