२०८१, २२ बैशाख शनिबार

शिक्षाका लागि नुवाकोट दशैं महोत्सवको तयारी

    भाद्र २ २०७५ ००:३६

trishuli highschool civil engineering in nuwakot press meet
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / सिभिल इन्जिनियररिङ कक्षा सञ्चालनको लागि त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले “नुवाकोट दशैं महोत्सव” आगामी असोज २२-३० गतेसम्म आयोजना गर्ने भएको छ ।

आज विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयले यसै शैक्षिक सत्रबाट सिभिलि इन्जिनियरिङ विषयको पठनपाठन अध्यापन गर्न विद्यालय आफै आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नविन्द्रमान प्रधानले बताउनुभयो । इन्जिनियरिङ कक्षा सञ्चालन गर्न तीन वर्षमा ४५ लाख लागत खर्च लाग्ने र पहिलो वर्ष मात्र १५ लाख खर्च आवश्यक हुने भएकोले रकम जुटाउनको महोत्सव सञ्चालन गर्न लागेको प्रधानले बताउनुभयो ।

जिल्लामा इन्जिनियरिङ पठनपाठन अध्यापन गराउनको लागि जिल्लाका स्थानीयतह र सरोकारवाला निकायहरुलाई साथ दिन विद्यालय व्यवस्थापन समितिका सदस्य कूलबहादुर खड्गीले आग्रह गर्नुभयो ।

वि.सं. २००७ सालमा स्थापना भएको तत्कालिन पश्चिम १ नंम्बर नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविमा यसै शैक्षिक सत्रदेखि तीन वर्षे सिभिल इन्जिनियरिङको स्नातकतहको पठनपाठन शुरु हुन लागेको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइसकेकोले यसै वर्षदेखि पढाई शुरु गरिएको विद्यालयले जनाएको छ । एक शैक्षिक सत्रमा ४८ जना विद्यार्थीले पढ्न पाउने भएका छन् । इन्जिनियरिङ विषय पढ्नको लागि विगतमा राजधानी काठमाडौं, चितवनतिर विद्यार्थी जानु पर्नेमा जिल्लामै सञ्चालन भएपछि सहज भएको छ । सिभिल इन्जिनियर कक्षाको पठनपाठनले अन्य विद्यार्थीलाई असर नहोस् भनेर छुट्टै ब्लक निर्माण गरि पढाई सञ्चालनको तयारी भइसकेको विद्यालय समितीले जनाएको छ ।

कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन सञ्चालन गरेर जिल्लाका विद्यार्थीलाई विज्ञान अध्ययन गर्ने अवसर दिएको विद्यालयले अब  इन्जिनियरिङ विषयको पढाई समेत सञ्चालन गरेर सिभिल इन्जिनियरिङ अध्ययन गर्ने चाहनेले जिल्ला बाहिर जान नपर्ने भएको विद्यालयमा प्रधानाध्यापक महेन्द्र रावतले बताउनुभयो ।

सिभिल इन्जिनियरिङको लागि आवश्यक प्रयोगशाला र कम्प्युटर कक्षाकोठा लगायतका भौतिक पूर्वाधारहरु तयार भैसकेको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top