२०८१, ७ बैशाख शुक्रबार

फौजदारी तथा देवानी संहितासम्बन्धि दुई दिने तालीम सुरु

    भाद्र १ २०७५ २२:३९

lekhapadhi nuwakot nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन नुवाकोटको आयोजनामा फौजदारी तथा देवानी संहितासम्बन्धि दुई दिने तालीम सुरु भएको छ ।

कार्यक्रममा नुवाकोट जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष देवराज कँडेलले नयाँ संसोधित ऐन अनुसार सेवाग्राहिलाई सहज रुपलेसेवा प्रवाह गर्नका जोड दिनुभएको छ । नयाँ संहिताले व्यवस्था गरेको ऐन कानुनहरुको जानकारी लिने र अनलाईन प्रविधिको ज्ञान लिएर सेवा प्रवाहमा लाग्नुपर्ने बताउनुभयो ।

नयाँ संशोधित ऐन जारी भएसँगै लेखापढि कानुन व्यवसायीहरुले ऐनको बारेमा जानकारी लिएर सेवा प्रवाह गर्नुपर्ने सरोकारवालाहरुले बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता देवराज कँडेल, उत्तम अधिकारी, नारायण अधिकारी, शिवप्रसाद बन्जारा, बिमल थापा, सुरेन्द्रराज अधिकारी, माधवराज सिलवाल र राजाराम सिलवालले तालिममा सहजिकरण गर्ने भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top