sujim bazar advert

साततले दरबार पुननिर्माण बिषयक अन्तरक्रिया कार्यक्रम

    भदौ १, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Transparency International Nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर, नुवाकोट / ट्रान्सपेरेन्सी ईन्टरनेशनल नेपालको आयोजनामा साततले दरबार पुननिर्माण बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

कार्यक्रममा विदुर नगरपालिकाका उप-प्रमुख गीता दाहालले साँस्कृतिक सम्पदाहरुको पुननिर्माण तथा संरक्षणमा लागेका संस्थाहरुले नगरपालिकासँग समन्वयन नगरेकोमा आपत्ती जनाउनुभएको छ । पुरातत्व विभाग र चीन सरकारले साततले दरबार तथा भैरवी मन्दिरको अवलोकन गरी पुननिर्माण गर्ने चासो देखाएकोमा आधिकारीक जानकारी नभएको उपमेयर दाहालले बताउनुभयो । त्यस्तै, पुननिर्माणको कार्यलाई ध्यानाकार्षण गराउन नगरपालिकाले दबाव समुहको गठन गरी पुरातत्व विभाग तथा पुननिनर्माण कार्यालयमा जान लागेको बताउनुभयो ।

कार्यक्रममा विदुर नगरपालिका-२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले दरबार बनाउन भारत र चीनको हान्थापमका कारण पनि पुननिर्माणको कार्यमा ढिलो हुन पुगेको बताउनुभयो । यस वर्ष अत्याधिक पानी परेसँगै जीर्ण भएको साततले दरबारबाट ईटा खस्ने समस्याले हिडडुल गर्न समेत असहज भैरहेकोले नगरपालिकाबाट तत्काल दरबार पुननिर्माणको कार्यलाई तिव्रता दिन सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गर्नुभएको छ ।

साततले दरबार र भैरवी मन्दिर आसपासको पुननिर्माणमा चीन सरकारले विभागसँगको समन्वयनमा पुरानै शैलीमा साततले दरबार र दरबार क्षेत्रको मन्दिर बनाउने सम्झौता भएको जानकारी पुरातत्व विभाग अन्तर्गत नुवाकोट स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका कार्यालय प्रमुख अर्जुनप्रसाद फ्युयाँलले दिनुभयो ।

अन्तरक्रियामा पुरातत्व बिभागका सब इन्जिनीयर गोबिन्द अधिकारी, ट्रान्सपेरेन्सी ईन्टरनेशनल नेपालका सिनीयर अफिसर बिनोद भट्टराई, अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार शाखा नुवाकोटका प्राविधिक सुन्दर पोखरेल, उपभोत्ता हकहित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पण्डित लगायत सरोकारवाला निकायले भूकम्प गएको लामो समय भैसक्दा पनि नुवाकोटको ऐतिहासिक सानको रुपमा रहेको साततले दरबार, भैरबी मन्दिर लगायत दरबार क्षेत्र रहेका मन्दिरको पुननिर्माण हुन नसक्नु लज्जास्पद बिषय रहेको बताउनुभएको छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top