२०८१, १४ बैशाख शुक्रबार

नागरिक कानुनको अधिनमा रहनुपर्ने: थापा

    श्रावण ३१ २०७५ २३:१६

nagarink sunuwai chhahare nuwakot police
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

– नागरिक सुनुवाई –

छहरे, लिखु / जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा लिखु गाउँपालिका-६ छहरेमा नागरिक सार्वजनिक सुनुवाई भएको छ ।

कार्यक्रममा सहभागीहरुबाट ट्रीपर संचालन रोक लगाउँदा आफ्नो रोजीरोटी गुमेको भन्दै सुचारु गर्न अनुरोध गरेका थिए । त्यस्तै, छहरे-टोखा सडक विस्तारमा भएको ढिलासुस्ती, मुआब्जा वितरण अनियमितता, सडकमा छोडिएका चौपाया व्यवस्थापन, व्यक्तिगत भवन निर्माणको लागि नदिबाट बालुवा, ढुंगा जस्ता झिक्न पाउनुपर्ने, भू-प्रकोपमा परेकाहरुको पुनर्वास, प्रशासनिक कार्यशैली र राष्ट्र सेवक कर्मचारी, नागरिकता संसोधन लगायतका बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, नुवाकोटका प्रमुख उद्दवबहादुर थापाले क्षेत्रीय सडक डिभिजन निर्देशनालय काठमाडौँको पत्रानुसार सडकको भार बहन क्षमताभन्दा बढी मालसामान ओसारपसार गरेको पाइएको हुनाले सडक बिग्रन थालेपछि जिल्ला प्रहरी कार्यालयले छहरे-टोखा सडकखण्डमा ट्रीपर चलाउन रोक लगाइएको बताउनुभयो । त्यस्तै, सडकमा छोडिएका चौपायलाई व्यवस्थित गर्न स्थानीयतहले नै पाल्न कान्जी हाउसको स्थापना गर्नुपर्ने धारणा थापाले व्यक्त गर्नुभएको थियो । सुनुवाई कार्यक्रम सुशासनको प्रत्याभुति दिने हुनाले सरकार र नागरिकसँग जोडिने माध्यम पनि रहेको बताउनुभयो । सरकारले लागु गरेको नीति नियम नागरिकपूरक भएकोले सबैले कानुनको अधिनमा रही पालन गर्नुपर्ने थापाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुवँरले प्रहरी वस्तुगत विवरण, प्रशासनिक कार्य, सामाजिक अपराध, दैविक प्रकोप व्यवस्थापन, नदिजन्य पदार्थ उत्खनन, महिला तथा बालबालिका सेवा केन्द्र, प्रहरी सुशासन, मानव बेचबिखन, लागूऔषध नियन्त्रणमा भएको गतिविधि कार्यहरु लगायतका आपराधिक गतिविधि र आव २०७५/०७६ का योजनाबारे प्रस्ट्याउनु भएको थियो ।

कार्यक्रममा लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक सम्पत्ति नागरिक स्वयमकै भएकोले सबै मिलिजुली संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । साथै एकिकृत सम्पत्ति करको दररेटबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा लिखु, शिवपुरी र पन्चकन्या गाउँपालिका जनप्रतिनिधि, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (आलु जोन) नुवाकोटका प्रतिनिधि, सरोकारवाला, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top